यौन क्रियाकलापमा संलग्न ६ जना पक्राउ



यौन क्रियाकलापमा संलग्न ६ जना पक्राउ

पुष्कर बुढाथोकी
भक्तपुर, (नेस)।

प्रहरीले यौन क्रियाकलापमा संलग्न तीन जोडीलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर नपा–११, आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा छापा मार्दा रेस्टुरेन्टको माथिल्लो तलाको तीनवटा कोठाबाट यौन क्रियाकलापमा संलग्न भइरहेको अवस्थामा तीन पुरुष र तीन महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले रेस्टुरेन्ट सञ्चालक समेतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्