प्रमुख निर्वाचन आयुक्तको पुत्लादहन



हेटौंडा,(नेस) निर्वाचन आयोगले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हटाउन गरेको निर्णयको विरोधमा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाको गृह नगर हेटौंडामा शनिबार सा“झ राप्रपाले रा“के जुलुससहित प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको पुत्लादहन गरेको छ ।

जुलुस समापन कार्यकममा राप्रपाका नेताहरुले निर्वाचन आयोगले आफ्नो गल्ती नसच्याए अझ सशक्तरुपमा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

निर्वाचन आयोगका कारण स्थानीय चुनावको वातावरण धमिलिनसक्ने उनीहरुले चेतावनी दिए । आयोगले आफ्नो निर्णय नसच्याए सडकमा जाने चेतावनी पार्टी केन्द्रीय सदीय दीपकबहादुर सिंहले दिए । संविधानविपरीत भएको भन्दै राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्रसम्वन्धि व्यवस्था हटाएपछि नेताहरु आयोगमाथि खनिएका हुन् । सिंहले निर्वाचन आयोगको निर्णय संविधानविपरीत भएको बताए ।

‘कुनै पनि पार्टीका लागि उसको विचार र सिद्धान्त प्राण हो,’ उनले यसलाई हटाउने निर्वाचन आयोगको निर्णय स्वीकार्य नहुने बताए । उनले आयोगलाई प्रश्न गरे–के तपाईं एमाले र माओवादीको विचारलाई प्रतिवन्ध लगाउन सक्नुहुन्छ ? चुनावमा जा“दा दलहरुले बोक्ने एजेण्डा निर्वाचन आयोगले नभई दल स्वयम्ले तय गर्ने उनले बताए ।

पार्टी पूर्वकेन्द्रीय सदस्य मधु अधिकारीले आयोगलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरे । ‘आफ्नो सिद्धान्त र मान्यतका लागि जंगल गएर जनयुद्ध गर्ने देश यही हो,’ भन्दै उनले चेतावनीपूर्ण भाषामा भने–यसले चुनावको वातावरण धमिलिनसक्छ र सम्पूर्ण दोष आयोगको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्