भारतीय सेनाप्रमुख आउने



काठमाडा,(नेस) । भारतीय स्थल सेनाध्यक्ष बीपीन रावत नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन । हालै भारतको नयां सेनाध्यक्षमा नियुक्त भएका रावत ४ दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्राणमा यही चैतको दोस्रो सात रावत नेपाल आउन लागेका हुन । नेपाल भ्रमणका क्रममा रावतले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षा मन्त्री बालकृष्ण खांड, परराष्ट्र मन्त्री डा. प्रकासशरण महत र प्रधानसेनापति क्षेत्रीसंग भेट गर्नुहुने भएको छ । भारतीय सेनाध्यक्ष रावतलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी प्रदान गरिने समेत भएको छ ।

उहांले नेपाल भ्रमणका क्रममा दुई देशबीचको हुदै आएको सैनिक सहयोगका बारेमा समेत छलफल हुने उच्च सैनिक स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो । भारतीय स्थल सेनाध्यक्ष रावतले भारतीय भूपू सैनिकका बारेमा समेत जानकारी लिनुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्