रेलमार्गमा फोटो खिँचाउँदा मोडल मारिए



अस्टिन (एजेन्सी)

अमेरिकाको टेक्सस राज्यमा रेलवे लाइनमा फोटो खिच्ने रेलले किचेर एकजना मोडलको मृत्यु भएको छ ।

१९ बर्षि फ्रेजानिया थम्पसन नेवासोटा स्थित रेलवे लाइनमा फोटो खिँचाइरहेकी थिइन् । त्यहिबेला रेल आएको र त्यसको चपेटामा परेकी थिइन् । मोडल थम्पसन गर्भवती भएको जनाइएको छ ।

रेलवे लाइनमा उभेको उनको अन्तिम तस्वीर सामाजिक सन्जालमा भाइरल भइसकेको छ । फ्रेजानिया दुर्घटनाको समयमा गर्भवती भएको स्थानिय प्रहरीले जानकारी दिएको हो । उनी एउटा टे«नबाट ओर्लेर रेलवे लाइनमा फोटो खिचाइरहँदा अर्को रेलले उनलाई किचेको थियो ।

उनकी आमा हेकेमी स्टिवेन्सले फ्रेजानियाको त्यो पहिलो फोटो सुट भएको र निश्चित रुपमा उनले त्यो काम गर्न चाहेको कुरा स्थानिय अखबार द इगललाई बताए ।

उक्त दुर्घटनालाई लिएर जाँच भइरहेको नेवासेटो प्रहरी प्रमुख लिथले न्युजबिटलाई बताएका छन् । तर अहिलेसम्म उक्त घटनामा कुनै आपराधिक मामिला जोडिएको नदेखिएको उनले बताए ।

फ्रेजानियालाई किचेको रेल चलाउने कम्पनीले युनियन प्यासिफिकका प्रवक्ताले उक्त घटनालाई लिएर स्पस्टिकरण दिएका छन् । उनले भने– हामीले रेल लाइनमा कुनै फोटो खिच्ने कार्यक्रम भइरहेको देखेको थिइन । रेल नजिक आएपछि मात्र चालक दलका सदस्यले फोटोग्राफर र अन्य ब्यक्तीहरुलाई देखेका थिए । उनीहरुलाई चेतावनी पनि दिएको र रेल रोक्ने प्रयास पनि गरेका थिए ।

अमेरिकाको संघिय रेल प्रशासनले गत बर्ष रेल मार्गमा हुने दुर्घटनामा मर्नेको संख्या ८ सय १३ भएको तथ्यांक सार्वजनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्