फोन ट्यापिंग गराएको ट्रम्पको आरोप खारेज



वासिंगटन (एजेन्सी)
अमेरिकीे सिनेटको जासुसी मामिला कमिटीले राष्टपति डोनाल्ड ट्रम्पको ट्रम्प टावरमा फोन ट्यापिंग गराएको भन्ने आरोपलाई खारेज गरेको छ ।

ट्रम्पले पुर्व राष्टपति बाराक ओबामा नेतृत्वको प्रशासनमाथि चुनाव प्रचारका क्रममा ट्रम्प टावरको टेलिफोन ट्याप गराएको आरोप लगाएका थिए । उक्त कमिटीले ट्रम्प टावरमा चुनाव अगाडी वा पछि निगरानी राखिएको कुनै संकेत फेला नपरेको जनाएको छ ।
सिनेटको जासुसी मामिलाको कमिटीका अध्यक्ष रिपब्लिकन सिनेटर रिचर्ड बरले दिएको प्रतिवेदनमा डोनाल्ड ट्रम्पको फोन ट्याप गरिएको आरोपलाई अस्विकार गरिएको छ ।
यसअघि विहिबार हाउस अफ रिप्रिजेन्टेटिवका सभामुख पल रायनले पनि फोन ट्यापिंगको आरोपलाई अस्विकार गरेका थिए । संन्चार माध्यमसँगको कुराकानीमा पल रायनले भने– रुसको मामिलामा गुप्चतर कमिटीको जाँच जारी छ, यसको सिमा पनि ठुलो छ र जाँच उक्त मुद्दाको भित्रसम्म पुगेको छ । अहिलेसम्म त कुनै ट्यापिंग नभएको पत्ता लागेको छ ।

जासुसी मामिला कमिटीका अध्यक्ष रिपब्लिकन नेता डेविन न्युन्यले बुधबार ट्रम्प टावरमा वास्तवमै कुनै ट्यापिंग भएको जस्तो आफुलाई नलागेको बताएका थिए ।

यद्यपी फक्स न्युजलाई दिएको एक अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले फोन ट्यापिंगको दायरमा थुप्रै कुरा समावेश भएको बताएका थिए । ट्रम्पले भनेका थिए– फोन ट्यापि)गमा थुप्रै फरक फरक विषय परेका छन् । मलाइृ लाग्छ, आगामी दुई हप्तामा केहि रोचक कुरा बाहिर आउने छ ।

यसैविच ह्वाइट हाउसले विना प्रमाणको समाचारलाई उदृत गर्दै राष्टपति बाराक ओबामाले बेलायती गुप्तचर एजेन्सी जीसीएचक्युलाई डोनाल्ड ट्रम्पको निगरानी गर्न आग्रह गरेको बताएको छ । यसले उक्त जासुसीमा अमेरिकी संलग्नताको कुनै प्रमाण नुहने निश्चित गरिएको थियो ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग बोल्दै सेन स्पाइसरले फक्स न्युजको लामो समाचारलाई उदृत गरेका थिए, जसमा ओबामामाथि कुनैपनि अमेरिकी नागरिकमाथि निगरानी गर्न बैधानिक रोकलाई चुनौती दिँदै जीसीएजक्युलाई प्रयोग गरेको आरोप लगाइएको थियो । यसलाई राष्टपतिले ओबामामाथि आफनो फोन ट्याप गरेको भन्ने आरोपमा स्पाइसरले दिएका थुप्रै प्रमाण मध्यको एक भएको जनाइएको छ । ट्रम्पले ओबामामाथि उक्त आरोपलाई निक्सनको वाटरगेट कान्डसँग तुलना गरेका थिए ।

ट्रम्पको उक्त आरोपलाई अमेरिकाका पुर्व राष्ट्रपति बाराक ओबामाले पनि अस्विकार गरिसकेको छ । ह्वाइट हाउसले अहिलेसम्म राष्ट्रपतिको उक्त दावीको समर्थनमा कुनै प्रमाण पेश गरेको छैन । तर अमेरिकी कंग्रेसलाई गत बर्षको चुनावमा कथित रुसी हस्तक्षेपको जाँचको दायरामा उक्त आरोपलाई पनि समावेश गर्न भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्