होल इन वान विजेतालाई गाडी



नेपाल समाचारपत्र
काठमाडौं
लक्ष्मी हुन्डाईले हुन्डाई ओपन गल्फ प्रतियोगिता यही शनिबार चैत्र ५ गते आयोजना हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ।
नेपालका लागि हुन्डाई गाडीको एक मात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विगतका वर्षझैं यस वर्ष पनि सो प्रतियोगिता आयोजना गर्न लागेको हो। उक्त प्रतियोगिता ग्लेनइगल्स डिजाइन गोकर्ण गल्फ क्लबमा १८ होलमा खेलाइनेछ। नेपालका १ सय गल्फरले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिनेछ।

जसमा होल इन वान विजेतालाई एक थान हुन्डाई ग्रान्ड आई १० गाडी प्रदान गर्ने घोषणा गरिएको छ। अहिलेसम्म यो पुरस्कार कसैले जित्न सकेको छैन।
यसै गरी प्रतियोगितामा कन्डिसनमा रहेको हुन्डाई कम्पनीको गाडी ल्याउने खेलसम्बद्ध व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्