सपिङ सेन्टरको कथा



अहिले स्कुल स्कुलमा माध्यमिक शिक्षा परीक्षा भोलिदेखि शुरू हुन लागेको छ। सरकारले परीक्षाको अनुगमन गर्न सरकारी शिक्षकलाई विभिन्न ठाउँमा खटाएको पनि छ। परीक्षा शुरू हुनुअघि स्कुलेको अवस्थाका बारेमा जानकारी लिन सरकारी शिक्षकलाई स्कुलस्कुलमा जान उर्दी जारी गरिएको छ तर बिडम्वना अहिले त्यसरी खटिने शिक्षक शिक्षिका भने खटाएको ठाउँमा नगएर सपिङ सेन्टर धाउन थालेको धरहराबाट देखिएको छ। ललितपुर र भक्तपुरका स्कुलको अवस्था अनुगमन गर्न काजमा खटिएका दुई सुन्दरी शिक्षिकाहरू कार्यक्षेत्रमा जान छोडेर सपिङ महलमा भेटिएपछि धरहरा पनि ट्वाल्ल परेको छ भन्या।

सुन्दरी दुई शिक्षिकाको गफ सुन्ने मौका धरहराले पनि पायो। उनीहरूको गफ सुन्न लायककै थियो। दुई शिक्षिकामध्ये एक शिक्षिकाले भनिन्( ुमेरो आज भक्तपुरको स्कुल निरीक्षण गर्नुपर्ने थियो। म त गइनँ। गए पनि नगए पनि उही हो क्यार कहिले सरकारी स्कुल सप्रने होइन। त्यसको सट्टा यहाँ आएर बुढालाई खुसी पार्न किनमेल गरियो। हामीलाई अनुगमन गर्ने कोही छैनन् क्यार सरकारी स्कुलका शिक्षकले पनि मतलब गर्ने होइनु भन्न नपाउँदै अर्की शिक्षिकाले पनि सरकारको धज्जी उडाउँदै भनिन्( ुजागिर खाइएकै छ क्यार किन जानु अनुगमन सनुगमन? म पनि गइनँ। भत्ता पाउने होइन बेकारमा दुःख पाउन को जाओस्। म पनि गइनँ म्यामु भन्दै उनीहरू सामान किन्न व्यस्त भएको देखेर धरहराले सोच्यो( यो देश त्यसै बिग्रेको होइन। कसो त पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्