डढेलो नियन्त्रणका लागि पूर्वतयारी



बनेपा, २९ फागुन । काभ्रेपलाञ्चोकमा डढेलोबाट हुने क्षति न्यूनीकरणका गर्न पूर्वतयारी सुरु गरिएको छ ।

जिल्ला वन कार्यालय धुलिखेलले डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै सामुदायिक वनमा अग्निरेखाको निर्माण र पोखरीको स्थापना भएको वन कार्यालयका सहायक वन अधिकृत न्हुच्छेराज श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले खास गरी खोपासी इलाका वन कार्यालय क्षेत्रको सामुदायिक वनमा करिब डेढ मिको क्षेत्रफलमा अग्निरेखा तथा नारायणस्थान, चौबास क्षेत्रमा पानीपोखरी निर्माण हुन लागेको बताउनुभयो । “अग्निरेखाको निर्माण र पोखरीको निर्माणले केही हदसम्म डढेलो नियन्त्रणमा सघाउ पुग्न सक्छ” उहाँले भन्नुभयो ।

सामुदायिक वन उपभोक्ता समितिलाई रु एक लाख ५० हजार अनुदान उपलब्ध गराएर त्यस्तो पोखरी बनाउन लागिएको हो । डढेलो नियन्त्रणका लागि विभिन्न औजारसमेत इलाका वन कार्यालयमा वितरण भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्