बागमती सफाईमा बैंकरहरूको ऐक्यबद्धता



काठमाडौं, (नेस)
बागमती सरसफाई अभियानमा नेपाल बैंकर्स एसोसिएसनले पनि ऐक्यबद्धता जनाएको छ। बागमती सरसफाई अभियान दुई सय साता पुगेको अवसरमा शनिबार एसोसिएसनले ऐक्यबद्धता जनाएको हो।

संघका अध्यक्ष अनिलकेशरी शाहको नेतृत्वमा कुपण्डोलस्थित बागमती किनारमा पुगेका संघका पदाधिकारी तथा सदस्यहरू सरसफाईमा समेत सहभागी भएका थिए। बागमती सभ्यतालाई संरक्षण गर्न आह्वान गर्दै सरसफाई अभियानमा आफूहरूले निरन्तर ऐक्यबद्धता जनाइरहेको संघका अध्यक्ष शाहले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्