प्रधानमन्त्रीका स्वकीय उपसचिव तिमिल्सनाको राजीनामा स्वीकृत



 

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय उपसचिवका रुपमा कार्यरत मनहरि तिमल्सिनाले पदबाट दिएको राजीनामा प्रधानमन्त्रीको सचिवालयले स्वीकृत गरेको छ ।

आफ्नो घरायसी तथा अन्य व्यावहारिक कारण जनाउँदै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरासमक्ष मनहरिले यही फागुन २६ गते राजीनामा दिनुभएको थियो ।

प्रमुख स्वकीय सचिव महराले तिमल्सिनाको राजीनामा स्वीकृत गर्दै उहाँले सचिवालयमा रहेर पु¥याएको योगदानप्रति आभार प्रकट गर्नुभएको सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्