युनिभर्सलाई स्याट बास्केटबल उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
आयोजक युनिभर्सले तेस्रो स्याट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ। प्रतियोगितामा समावेश तीन विधा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा युनिभर्सल च्याम्पियन बन्दै उपाधि रक्षा गर्यो। गत संस्करणमा पनि युनिभर्सल तीनै विधामा पहिलो भएको थियो।

धुम्बाराहीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा युनिभर्सलले अमरदीपलाई ३६–१६ ले पराजित गर्यो। विजेताका कोमन गुरुङले १४ अंक जोडे। सेन्ट जर्जले तेस्रो स्थानमा चित्त बुझायो।
सिनियर गल्र्सको उपाधि भिडन्तमा युनिभर्सलले पिक प्वाइन्ट एकेडेमीलाई ३२–१० ले हरायो। युनिभर्सलको जितमा संगीता फुयालले १९ अंक योगदान गरिन्। सिल्भर स्राइन तेस्रो भयो।

जुनियर ब्वाइजको राउन्ड रोविन लिगमा युनिभर्सल पहिलो, गोल्डेन गार्डेन दोस्रो र साम्तेन तेस्रो स्थानमा रहे।सिनियर ब्वाइजमा कोमन गुरुङ, सिनियर गल्र्समा संगीता फुयाल र जुनियर ब्वाइजमा रोजल खरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। ‘मोस्ट भेलुएबल प्लेयर’ त्रय उपाधि विजेता युनिभर्सलका हुन्।

प्रतिक्रिया दिनुहोस्