नेपाल बंगलादेशको शाखा महाराजगञ्जमा



काठमाडौं, (नेस)

नेपाल बंगलादेश बैंकले महाराजगञ्जमा शाखा विस्तार गरेको छ। अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महाराजगञ्जमा ४४औं शाखा सञ्चालनमा ल्याएको हो।

एटीएम सेवासहितको उक्त शाखामा शाखा प्रबन्धकलगायत सम्पूर्ण कर्मचारी महिला मात्र रहने बैकले जनाएको छ। नेतृत्व विकास तथा प्रतिस्पर्धी अवसरको लागि महिला कर्मचारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले सो शाखालाई पूर्णरूपमा महिला शाखाको रूपमा विस्तार गरेको बताइएको छ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा कुल ४१ दशमलब शून्य ३ अर्ब रुपियाँ निक्षेप, ३६ दशमलब २० अर्ब रुपियाँ कुल कर्जा र ५४ दशमलब शून्य ६ करोड बैंकको खुद मुनाफा रहेको छ। बैकले महाराजगञ्ज शाखासहित विभिन्न ४४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ४१ वटा एटीम बुथमार्फत् बैंकिङ सुविधाहरू दिंँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्