एनआईसी एसियाको स्वर्णिम मुद्दती खाता



काठमाडौं, (नेस)

एनआईसी एसिया बैंकले नयाँ मुद्दती खाता योजना ‘स्वर्णिम मुद्दती खाता’ ल्याएको छ। यस योजनाअन्तर्गत न्यूनतम निक्षेप रकम १ लाख रुपियाँमा खाता खोल्न पाइने छ।

बैंकको नयाँ योजनाअन्तर्गत निक्षेपकर्तालाई मुद्दतीको ८० प्रतिशतसम्म ऋण सुविधा दिइएको छ भने क्रेडिट कार्ड र समय अगाडि रकम भिक्नु पर्दा कुनै शूल्क नलाग्ने बैंकले जनाएको छ।

निक्षेपकर्ताले ३ महिनादेखि १ वषर््कोे अवधिका लागि १२ प्रतिशतसम्म ब्याज पाउने गरी बचत गर्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्