कालिञ्चोकमा हिमपात ।



दोलखा/दोलखाको उच्च पहाडी भेग कालिञ्चोकमा शुक्रवार विहानबाट हिमपात सुरु भएको छ । शुक्रवार विहान ७ बजेदेखि हिमपात सुरु भएको स्थानिय व्यवसायी सोनाम शेर्पाले बताए ।
हिमपात पछि कालिञ्चोक जाने पर्यटक प्रभावित बनेका छन् । हिमपातको कारण कालिञ्चोक दर्शनको लागि सदरमुकाम चरिकोटबाट हिडेका सयौ पर्यटक बाटोमै अलपत्र परेको र धेरै पर्यटक बीचबाटोबाटै फर्किएको शेर्पाले बताए ।

लगातारको हिमपात पछि कालिञ्चोकको कुरी तथा मन्दिर आसपास एक फिट भन्दा बढी हिउँ जमेको र आवतजावतमा समेत समस्या भएको स्थानियले बताएका छन् । धार्मिक एवं प्राकृतिक सुन्दरताले महत्वपूर्ण रहेको कालिञ्चोक मन्दिरमा विशेषगरी शुक्रवार र शनिवार सयौ पर्यटक दर्शनको लागि पुग्ने गर्छन्

प्रतिक्रिया दिनुहोस्