एक डलरभन्दा कम ज्यालामा आत्मघाती विस्फोट



अबुजा, (एजेन्सी)
एक किशोरी आक्रमणकारीले उत्तरपूर्वी नाइजेरियामा आत्मघाती बम विस्फोट गराउन आफूलाई इस्लामिक कट्टरपन्थी लडाकू समूह बोको हरामले केवल २ सय नाइरा अर्थात् शून्य दशमलव ६४ अमेरिकी डलर दिएको बताएकी छिन्।

स्काई न्युजले तयार पारेको एउटा फुटेजमा ती १४ वर्षीया बालिकाले उत्तरपूर्वी शहर माइदुगुरीको भीडभाड युक्त स्थानमा विस्फोट गराउन आफू र आफ्ना एक साथीलाई विस्फोट पदार्थले भरिएको ज्याकेट लगाउन दिएको बताएकी छिन्। सो शहर बोको हरामको ८ वर्ष लामो बोको हरामको हिंसात्मक आन्दोलनको केन्द्रविन्दु रहेको छ।

ती बालिकाले सो शहरमा जानुअघि आफूहरुले ३ दिनसम्म ज्याकेट लगाएको र प्रहरीले रोकेर ज्याकेट फुकाल्न दिएको आदेश आफूले मानेको तर सो आदेश नमानेकाले साथीलाई भने प्रहरीले गोली हानी मारेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्