जाजरकोटमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या २० पुग्यो



जाजरकोट, नेस ।
जाजरकोटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ। भने दुर्घटनामा ४० बढी घाइते छन्।

बिहीबार अपरान्ह सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको ना ३ ख २२७९ बस भेरीमालिका(४, बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो।

बस भिरबाट करिब दुई सय मिटर तल खसेको छ। दुर्घटनामा परी मृत्यु भएका सबैको शव नेपाली सेना र प्रहरीको टोलीले बाहिर निकालेको छ। १३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने सात जनाको उपचारको क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्