दशगजा क्षेत्रमा तनाब



कञ्चनपुर, (नेस)।
कञ्चनपुरस्थित नेपाल–भारत सिमा क्षेत्र (दशगजा)मा तनाबको स्थित सिर्जना भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कुटपिट गरेको विरोधमा स्थानीयबासीहरु प्रतिरोधमा उत्रिएका हो । र हाल त्यहाँबाट टोली खटिसकेको बतायो ।

सीमाक्षेत्रको नेपाली भूमिमा नेपालीहरूले कल्भर्ट बनाउँदै गर्दा भारतीय सुरक्षाकर्मीले सो काम रोक्न भनेका थिए । कल्भर्ट बनाएकोे भूमि भारतमा पर्ने भएकोले त्यहाँ कल्भर्ट नबनाउनको लागि भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई आदेश दिएका थिए । तर विवाद उग्र बन्दै गएपछि सीमामा तनाव भएको हो । विवाद भएपछि भारतीय सुरक्षाकर्मीले नेपाली युवालाई कुटेका थिए ।

सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् । अहिले भारतीय र नेपाली पक्षबीच सीमा वारिपारी ढुंगामुढा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्