निक्षेपमा सुधार



रोविन पौडेल

आर्थिक वर्ष २०७३⁄७४ को पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ दशमलब २ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमो ६ प्रतिशतले बढेको थियो।

चालू आर्थिक वर्षको दुई त्रैमासिक अवधिमा १ खर्ब ३८ अर्ब २९ करोड ६६ लाख रुपियाँ निक्षेपसहित राष्ट्रिय बाण्ज्यि बैंक सबैभन्दा धेरै निक्षेप गर्नेे बैंक देखिएको छ। चालू आर्थिक वर्षको ६ महिने अवधिमा भने यस बैंकको कुल निक्षेप रकममा गिरावट आएको छ। गत आर्थिक वर्षको अन्त्यमा बैंकसँग १ खर्ब ४६ अर्ब २० करोड ७६ लाख रुपियाँ बराबरको निक्षेप रकम थियो।

त्यस्तै चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अन्त्यसम्ममा कुल १ खर्ब २० अर्ब ८१ करोड ३७ लाख रुपियाँ बराबर निक्षेपसहित नबिल बैंक दोस्रो र १ खर्ब १६ अर्ब ६० करोड ७७ लाख रुपियाँ निक्षेपसहित नेपाल इन्भेस्टमेन्ट बैंक तेस्रो स्थानमा छन्।

वार्षिक बिन्दुगत आधारमा २०७३ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २० दशमलब ८ प्रतिशतले बढेको छ। २०७३ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलब २ प्रतिशत, ४२ दशमलब १ प्रतिशत र ३२ दशमलब ७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८ दशमलब ६ प्रतिशत, ४३ दशमलब ८ प्रतिशत र २९ दशमलब २ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्