महिला दिवसको अवसरमा देउवाको सन्देश



काठमाडौँ, २५ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला दिवसको सन्दर्भमा आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका महिला दिदी बहिनीको सुख शान्ति समृद्धिको एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
 
‘जनसङ्ख्याको झन्डै आधाभन्दा बढी भाग ओगटेको महिलालाई हरेक निकायमा संलग्न गराई उनीहरुको क्षमतालाई राष्ट्र निर्माणमा लगाउनु आजको आवश्यकता हो’ सन्देशमा भनिएको छ ।
 
उहाँले आफ्नो पार्टीले हरेक संरचनामा महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्दै पदीय जिम्मेवारीमा महिलालाई लगी मुलुकमा रहेको लैङ्गिक भेद्भावलाई हटाउनु पर्दछ भन्ने आफ्नो मान्यता रहेको सन्देशमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्