सरकार र मधेशी मोर्चा बीचको बैठक सम्पन्न



फागुन २५, काठमाडौं । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बीचको बैठक सम्पन्न भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।

सप्तरी घटनापछि सिर्जित परिस्थितिको समीक्षा गर्न प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाउनु भएको थियो । बैठकमा मोर्चाका नेताहरुले बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्नुपर्ने, संविधान संशोधन विद्येयक अगाडि बढाउनुपर्ने, सप्तरी घटनाका दोषीमाथि कार्वाही हुनुपर्ने, घटनाका मृतकहरुलाई सहिद घोषणा, परिवारलाई राहत र घाइतेहरुको उपचारको व्यवस्था गर्नुपर्ने विषय समेटिएको ज्ञापन पत्रबारे प्रधानमन्त्रीलाई अवगत गराउनु भएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले उठाएका मागबारे सरकारमा सहभागी दलहरुसँग छलफल गरेर निष्कर्ष पुग्ने जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्