कस्तो पीएचडी ?



पढे लेखेकाले देश बनाउँछन् भन्ने उखान नेपालमा लामो समयदेखि चलिएको हो तर यो उखान भने अहिलेको युगमा काम नलाग्ने भएको हो कि भन्नेमा धरहरा पुगेको छ।

पढे लेखेका त्यसमा पनि पीएचडी गरेकाहरू त विद्वान् हुन्छन् भनेको तर हाम्रा देशका एक जना डाक्टर भने सबैभन्दा सिल्ली भएर निस्केको देख्दा धरहरा तीन छक परेको छ। प्रसंग हो डा. बाबुराम भट्टराईको। कुनी के के युद्ध गरेर आएका डा. साब देशका प्रधानमन्त्री पनि भए तर अहिले आएर उनले देखाएको चरित्रले भने उनको डाक्टर उपाधिलाई नै चुनौती दिन थालेको धरहराबाट देखिन थाल्यो भन्या।

कहिले कोसँग कहिले कोसँग मिल्ने डा. सावको बानीका कारण जनताले दुःख पाउन थालेका छन्। हुँदा हुँदा आफ्नो राजनीति भविष्य अन्योलमा परेपछि अहिले मधेसवादी दलसँग हातेमालो गरेर नेपाल बन्द गराउनतिर पो लागे त डा. साब भन्दै उनकै शुभचिन्तकले गरेको आलोचनाले धरहरालाई पनि कता कता बिझाउन थाल्यो भन्या। हैन यिनको पीएचडी सक्कली भएको भए त यसरी बेला बेलामा पपलपाते नहुनुपर्ने निष्कर्षमा पुगेको धरहरा अहिलेको गतिविधिले भने डा. साबप्रति धरहराले पनि शंका गर्न थालेको छ है पाठकवृन्द!

प्रतिक्रिया दिनुहोस्