सप्तरीमा गोली चल्यो, एकको मृत्यु स्थिती तनाबग्रस्त



सप्तरी, (नेस)।
सप्तरीमा मधेसी मोर्चा र प्रहरीबीचको झडपमा गोली चलेको छ । झडपमा प्रहरीको गोली लागी यहाँ एक आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा मलेठ–२ निवासी सञ्जन मेहता हुन् ।

एमालेले चलाइएको मेची–महाकाली अभियान अन्तर्गत यहाँ हुने सभालाई बिथोल्ने उद्धेश्यले मधेसी मोर्चाका कार्यकर्ताले आज विहानैदेखि प्रदर्शन गरेको थियो । प्रदर्शनकारीको मृत्युसँगै अहिले सप्तरी तनाबग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्