भ्याली सेवा समाजद्वारा ३२ लाख सहयोग



सुर्खेतमा क्रियाशील कोपिला भ्याली सेवा समाजले दुइ ओटा विद्यालयको भौतिक संरचना निर्माण गर्न ३२ लाख हस्तान्तरण गरेको छ । वीरेन्द्रनगरमा सोमबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा उक्त पणिमको चेक हस्तान्तरण गरिएको छ ।

२०७० सालमा सुर्खेतमा गएको बाढीले ठुलो मात्रामा क्षति पु¥याएको र शैक्षिक संस्थाहरु समेत पालमुनि सञ्चालन गर्नुपरेको सन्दर्भमा सुर्खेतको वीरेन्द्रनगर–१५ स्थित कोपिला माध्यमिक विद्यालयलाई २ कोठे पक्कि भुकम्प प्रतिरोधी भवन बनाउन रु ३० लाख हस्तान्तरण गरिएको हो ।

समाजका संचालक समितिका अध्यक्षटोप बहादुर मल्लका अनुसार समाजले अनुगमन समिति बनाएको, जिल्ला शिक्षा कार्यालयका प्राविधिकहरुको डिजाइन अनुसार नै उक्त भवनको ३० लाख लागत लाग्ने देखिएकोले आफूहरुले सो रकम सहयोग गरेको बताए । उनका अनुसार पहिरोमा परि ध्वस्त भएको लेख पराजुल–३ स्थित निमाविलाई फर्निचर बनाउन भन्दै २ लाख हस्तान्तरण गरिएको छ ।
बाढीबाट क्षत विक्षत बनेको मध्यपश्चिमको राजधानी वीरेन्द्रनगर १५ स्थित कोपिला माविका विव्यस अध्यक्ष रविन्द्रजंग शाहीले राज्यको नजर आफूमाथि नपरेको भन्दै कोपिला भ्याली सेवा समाजले गरेको सहयोगको उच्च मूल्याकंन गरेको जानकारी दिए । शाहीले प्राविधिकको डिजाइन अनुसारै भवन निर्माण गर्ने प्रतिबद्वता समेत व्यक्त गरे ।
निमाविको अध्यापन ४ कोठामा

यता जनज्योति निमावि लेखपराजुलमा कक्षा १ देखि ८ सम्मका लागि ४ ओटा कोठामात्रै उपलब्ध देखिएका छन । २०७० सालमा पहिरो आएको र उक्त पहिरोले सबै विधालयलाई आहारा बनाएको, तत्पश्चात १ वर्ष छिन्चु स्थित माविमा विद्यार्थीहरु राखेर अध्यापन गराएको विद्यालयका सअ पूर्ण बहादुर शाहीले जानकारी दिए ।

उनले १ वर्ष पालमै राखेर अध्यापन गरिरहेपनि अहिले भने आफूहरुसँग ४ ओटा कोठा मात्रै रहेको र थप ५ कोठाको तत्काल आवश्यकता रहेको जनाए । बल्लतल्ल राज्यले ४ कोठे भवन दियो, अब त्यो भवन बनिसकेपश्चात समाजले प्रदान गरेको दुइ लाखबाट फर्निचर बनाउँछौं, उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्