दोहोरो गोली हानाहानमा एक प्यालेस्टाइनीको मृत्यु



जेरुसेलम, २३ फागुन । रमाल्लाहको वेस्ट बैंक सिटीका आइतबार राति इजरायली सैनिकसँग भएको दोहोरो गोली हानाहानमा परी एक प्यालेटाइनीको मृत्यु भएको इजरायली सैनिक स्रोतले जानकारी दिएको छ ।

नाम नखुलाइएको एक प्यालेस्टानी व्यक्तिलाई गिरफ्तार गर्न उनको घरमा पुगेका इजरायली सैनिकलाई ती व्यक्तिले गोली प्रहार गरेको र इजरायली सैनिकले गरेको जवाफी कारबाहीमा उनको मृत्यु भएको जनाइएको छ ।

इराजयली सैनिकसँग जारी रहेको यस दोहोरो गोली प्रहारमा दुई प्यालेस्टाइनी घाइते भएका पनि बताइएको छ ।

सन् २०१५ को अक्टोबरबाट इजरायल र प्यालेटाइनबीच सुरु भएको यस हिंसामा परी हालसम्म २५४ प्यालेस्टाइनी, ४० इजारायली, दुई अमेरिकन र एक जोर्डानी, एक सुडानीको मृत्यु भएको एएफपी समाचार ससितिले जानकारी दिएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्