उत्तर कोरियाले फेरी गर्यो मिसाइल परीक्षण



काठमाडौं, २३ फागुन ।
उत्तर कोरियाले पुनः मिसाइल परीक्षण गरेको छ । संयुक्त राष्ट्रसंघले आणविक परीक्षणमा लगाएको प्रतिवन्धको बेवास्ता गर्दै उत्तर कोरियाले सो मिसाइल परीक्षण गरेको हो ।

बीबीसीमा प्रकाशित समाचार अनुसार उत्तर कोरियाले जापानी सुमद्रतर्फ चारवटा मिसाइल प्रहार गरेको छ ।

उत्तर कोरियाले जापान र उत्तर कोरियाको सिमा क्षेत्र तोङचाङ रि बाट सोमबार बिहान ७ बजेर ३६ मिनेटमा शक्तिशाली मिसाइल परीक्षण गरेको दक्षिण कोरियाका अधिकारीहरुको दाबी छ ।

एक महिना अघि पनि उत्तर कोरियाले नेता किम जोङ उनको उपस्थितिमा मिसाइल परीक्षण गरेको थियो ।

संयुक्त राष्ट्रसंघले भने उत्तर कोरियामाथि मिसाइल परीक्षण गर्न र आणविक प्रविधि प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । तर, त्यसको पालना भएको छैन ।

निरन्तर मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियाको संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया र जापानले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्