स्ववियु निर्वाचनको माग गर्दै आरआर क्याम्पसमा अखिलको प्रदर्शन



काठमाडौं, (नेस)।
नेकपा एमाले निकट अखिलका कार्यकर्ताहरुले स्ववियु निर्वाचन गर्नुपर्ने माग गर्दै प्रदर्र्शनमा उत्रिएका छन् ।

सोमबार बिहान ८ बजे देखि मतदान गर्ने कार्यक्रम रहेको थियो तर निर्वाचन आयोगले आचारसंहिता देखाउँदै मतदात रोक्ने घोषणा गरेपछि आरआर क्याम्पस प्रशासनले निर्र्वाचन अगाडि नबढाएको स्रोतले जानकारी दिएको छ ।

नेपाली कांग्रेस निकट नेविसंघले एमाले निकटका विद्याार्थी भर्ना गरेको भन्दै आरोप लगाएका छन् । त्यसैले नेवि संघले उम्मेदवारी नै दर्ता नगरेको स्रोतको दाबी छ ।

उता, माओवादी निकट अखिल क्रान्तिकारीले भने निर्वाचनका बेला आरआर क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अखिलले धाँधली गरेको भन्दै निर्वाचन रोक्नुपर्ने माग गरेको छ ।

तीन ठूला विद्याार्थी संगठनहरु एकअर्का विरुद्दको आरोपमा उत्रिएपछि झडप सिर्जना भएको हो । अहिले आरआर क्याम्पस तनावग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्