एमालेको कार्यक्रम स्थल नजिक बम भेटियो



सप्तरी, (नेस)।
सप्तरीमा केही बेरमा हुने नेकपा एमालेको कार्यक्रम स्थल नजिकै बम भेटिएको छ ।

मेची–महाकाली अभियान अन्तरगत एमालेले सप्तरीको सदरमुकाम राजविराजस्थित औद्योगिक क्षेत्रमा केहीबेर मै आमसभा हुँदैछ । एमालेको कार्यक्रम विथोल्न भन्दै मधेसी मोर्चाले विहानैदेखि प्रदर्शन गरिरहेको छ ।

सभास्थल औद्योगिक क्षेत्र नजिक प्रेसर कुकर र सकेट बम भेटिएको यहाँको स्थानीय प्रशासनले जनाएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली यहाँ आईपुग्दै छ ।

प्रतिक्रिया दिनुहोस्