ज्ञान मल्टिग्रेन आटा बजारमा



काठमाडौं, (नेस)
केएल दुगड समूहले ७ वटा प्राकृतिक अन्न गहँु, मकै, चना, भटमास, ओट्स, रागी र जौंको समिश्रणबाट तयार गरिएको ज्ञान मल्टिग्रेन आटाको उत्पादन गरी बजारमा बिक्री वितरण शुरु गरेको छ। यस आटामा उल्लेखित अन्नबाट पाइने शक्ति प्रोटिन, भिटामिन, खनिज तत्त्व तथ फाइवर एकै साथ प्राप्त हुनुका साथै उक्त तत्त्वबाट मानिसलाई शक्ति प्रदान गरी स्वस्थ्य बनाउने कम्पनीको भनाइ छ।

शुद्ध गहुँको आटाको तुलनामा प्राकृतिक अन्नको समिश्रणबाट विशेष रूपमा तयार पारेको ज्ञान मल्टिग्रेन आटा कम हुने हँुदा सुगर सचेत व्यक्तिको लागि बढी फाइदा जनक रहेको छ। यो आटा बजारमा दुई किलोको प्याकमा उपलब्ध छ। आजको पुस्ता स्वास्थ्यप्रति सचेत र खानपानमा बढी ध्यान दिने भएकाले नै उनीहरुलाई लछित गर्दै केएल दुगड सुमुहले यो मल्टि ग्रेस आटा बजारमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्