चीनले आर्थिक बृद्धीदरको लक्ष्य घटाउने



बेइजिङ (एजेन्सी)
विश्व दोश्रो ठुलो अर्थब्यवस्था चीनले आफ्नो विकास दर अनुमानित लक्ष्यलाई घटाएको छ ।

चिनिया प्रधानमन्त्री लि कचियांगले यो बर्षको विकास दर साढे ६ प्रतिशतदेखि ७ प्रतिशतको अनुमानित दरभन्द कम साढे ६ प्रतिशत रहने घोषणा गरेको छ । उनले बेइजिङमा नेसनल पिपुल्स कांग्रेस (एनपीस)को वार्षिक अधिवेसनलाई गरेको सम्बोधनमा बताएका थिए । ग्रेट हल अफ पिपुलमा आयोजित उक्त बैठकमा तीन हजार भन्दा धेरै सदस्यले भाग लिइरहेका छन् ।

चीनको अर्थब्यवस्थामा विगत २६ बर्षमा सबैभन्दा कम विकास दर गत बर्ष कायम भयो । चीनका प्रधानमन्त्रीले एनपीसीमा बजारको आवश्यकता पुरा गर्नका लागि चीनले अधिक कोइला र इस्पाटको उत्पादन गर्न राहत प्याकेजको आवश्यक भएको बताए । यस प्रकारको प्रतिज्ञा गत बर्षपनि गरिएको थियो तर पुरा भने गरिएन ।

चीनमा एनपीसी र उसलाई सलाह दिन संस्थाको प्रत्यक बर्ष औपचारिक बैठक हुने गर्छ । प्रधानमन्त्रीले विश्वको दोश्रो ठुलो अर्थब्यवस्थाको तुलना पैसाको अभाव सल्टाउने प्रयासमा रहेका साना क्षेत्रसँग गरे । उनले यसको कायाकलट प्रतिज्ञाबाट पुरा गर्ने बताए । तर यसमा पिडा पनि हुने बताए ।

उनले कम्प्युनिस्ट पार्टीका नेता सि जिनपिंग प्रति पनि आभार ब्यक्त गरे । पार्टीको दृढ नेतृत्वमा चिनियाँ नागरिकलाई समस्याबाट बहादुरी तथा चलाखीपुर्ण ढंगले बाहिर ल्याउने क्षमता भएको उनले बताए । चीनको समस्यालाई लिएर उनले देशको अधिकांश इलाकामा ब्याप्त तुंवालो र केहि सरकारी अधिकारीहरुको कामचोरीलाई नियन्त्रण गरे ।

प्रधानमन्त्रीले अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको चीनसँगको ब्यापार निति तथा विनिमय दरलाई लिएर गुनासोको प्रसंग पनि अप्रत्यक्ष रुपमा उठाए । उनले आगामी बर्षमा एक जटिल विश्वको चेतावनी दिए र चीनले संरक्षणबादको बढ्दो खतराको सामना गर्नु पर्ने बताए ।

यो बर्ष एनपीसीको बार्षिक अधिवेशन चिनिया कम्युनिस्ट पार्टीको अधिवेशन अगाडी भइरहेको छ । सत्तारुढ कम्युनिस्ट पार्टीको अधिवेसन यसैबर्ष आयोजना हुँदैछ । यो सम्मेलनमा पार्टी प्रमुख सि जिनपिंगलाई दोश्रो कार्यकालका लागि चयन गर्ने सम्भावना रहेको छ । साथै त्यसले पार्टीको शिर्ष नेतृत्वमा परिवर्तन गर्ने घोषणा पनि गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्