आँखाको रोशनी बढाउदै फत्तेबाल



कुमार श्रेष्ठ,बाँके

२०४३ फाल्गुन ११ गते दश बेडबाट शुरु भएको नेपालगञ्जको फत्तेबाल आँखा अस्पताल अहिले दुई सय पचास बेडमा पुगेको छ ।

पहिलो वर्ष चार हजार ५ सय ६९ जनाको आँखा परीक्षण गरेको अस्पतालले १ सय ५३ जनाको शल्यक्रिया गरेको थियो । ३० वर्षको अन्तरमा फत्तेबालले वार्षिक एक लाख २० हजार ३ सय २७ जनाको आँखा परीक्षण र ११ हजार ७ सय १ जनाको शल्यक्रिया गरेको छ ।

पश्चिमको नेपालको ठूलो र भरपर्दो अस्पताल भएकाले फत्तेबालमा आउने बिरामीको संख्या दिन प्रति दिन बढिरहेको छ । अस्पतालका प्रवन्ध निर्देशक डा. कौशलकुमार बर्माका अनुसार, ३० वर्षमा अस्पतालले दुई लाख ७ हजार ८ सय ३४ जनाको आँखा शल्यक्रिया गरेको छ । यो बीचमा एक करोड ७८ लाख ६ हजार ६ सय ६७ जनाको आँखा परीक्षण भएको छ । अस्पतालले आँखा उपचार केन्द्र र सामुदायिक बाह्य कार्यक्रम गरेर पनि धेरैलाई सेवा दिइरहेको छ ।

फत्तेबालमा नेपालका साथै भारतीय बिरामीको चाप बढ्दो छ । सीमावर्ती भारतीय जिल्लाहरु बहराइच, गोण्डा, श्रावस्ती, गोरखपुर, लखीमपुर, सीतापुर, बाराबंकी, अयोध्या, फैजावाद, सुल्तानपुरसँगै लखनउबाट समेत बिरामी यहाँ उपचार गर्न आउँछन् । सस्तो र राम्रो सुविधा भएकाले भारतीय बिरामीको यहाँ चाप बढेको अस्पतालका प्रवन्धक निर्देशक डा. बर्मा बताउँछन । स्वास्थ्य मन्त्रालयले फत्तेबालबाट गरिने सम्पूर्ण उपचार उच्च गुणस्तरीय रहेको बताउँदै आँखा सम्बन्धी सम्पूर्ण उपचार गर्ने अस्पतालको रुपमा मान्यता दिएको छ ।

यो अस्पतालमा आर्थिक वर्ष २०६७÷६८ देखि वार्षिक एक लाख बढी बिरामीले सेवा लिने गरेका छन। यो आर्थिक वर्षपछि वार्षिक ११÷१२ हजारको शल्यक्रिया भइरहेको छ । आर्थिक वर्ष २०७१÷७२ मो १ लाख १५ हजार ६ सय ९२ र आर्थिक वर्ष २०७२÷७३ मा १ लाख २० हजार ३ सय २७ जनाले आँखा परीक्षण गरेको तथ्यांकमा उल्लेख छ ।

शल्यक्रिया सेवा लिनेको संख्या पनि बढ्दो क्रममा छ । आर्थिक वर्ष २०६५÷६६ मा १२ हजार २ सय ८७, आर्थिक वर्ष २०६७÷६८ मा १२ हजार ३ सय ६, आर्थिक वर्ष २०६८÷६९ मा ११ हजार ३ सय ९२, आर्थिक वर्ष २०६९÷७० मा ११ हजार ५ सय २७, आर्थिक वर्ष २०७०÷७१ म ११ हजार ११ हजार ९ सय १२, आर्थिक वर्ष २०७१÷७२ मा ११ हजार ९ सय ३९ र २०७२÷७३ मा ११ हजार ७ सय १ जनाले सेवा लिएका छन् ।

अस्पतालको आँखा उपचार केन्द्रहरु र सामुदायिक बाह्य कार्यक्रममा आँखा परीक्षण अन्तर्गत उपचार केन्द्रबाट २४ हजार ७ सय ४० जना बिरामीको आँखा परीक्षण गरिएको छ । उपचार केन्द्र र बाह्य कार्यक्रम आर्थिक वर्ष २०६६÷६७ बाट अस्पतालले शुरु गरेको हो । यो अवधीमा शिबिरबाट ७१ हजार ६ सय ७२ जनाको आँखा परीक्षण गरिएको छ भने ४ हजार ८ सय १६ जनाको अप्रेशन गरिएको, ४७ हजार ६ सय ७८ जनाको बिद्यालय आँखा जाँच र ४ हजार भन्दा बढीलाई निःशुल्क चश्मा वितरण गरिएको अस्पतापलका प्रबन्धक डा. बर्माले जानकारी दिनुभयो ।

अस्पतालले अहिले आँखा सम्बन्धी सबै रोगहरुको परीक्षण र औषधी उपचार, बालबालिकाहरुको आँखा उपचारका लागि बिशेष बिभाग, न्युन दृष्टि परामर्श सेवा, याग लेजर, मोतिबिन्दु बिना टांका तथा फेको प्रविधिबाट अपे्रशन, मधुमेहको कारणले दृष्टि पर्दामा हुने खराबीको ग्रीन लेजरद्वारा उपचार, जलबिन्दुको अप्रेशन, बन्द आंशु नलीको अप्रेशन, डेढो आँखाको अप्रेशन जस्ता मेजर अप्रेशनहरु र इन्ट्रोपियन, आँखामा मासु पलाएको अप्रेशन, आँखाको नानीसहित सबै किसिमका माईनर अप्रेशन सेवाहरु प्रवाह गर्दै आएको प्रबन्धक डा. बर्माले जानकारी दिनुभयो ।

अस्पतालले बिरामीहरुको सहजताका लागि आफ्नै प्याथोलोजी सेवा, सेवा समय बिस्तार गर्दै शनिबार बिदाको दिनमा समेत सेवा प्रवाह, बालबालिकाहरुको आँखा उपचारका लागि बिशेष सेवाहरु बिस्तार गर्दै आएको छ ।

सन् १९८१ मा गरिएको अन्धोपन सर्वेक्षणले नेपालमा कुल जनसंख्याको ०.८४ प्रतिशत व्यक्तिहरुमा अन्धोपनको समस्या देखिएको थियो भने उक्त समयमा १ दशमलव २६ प्रतिशत आँखाका बिरामीहरु भेरी अञ्चलमा देखिएका थिए ।

२०१० मा गरिएको पछिल्लो सर्वेक्षण अनुसार भेरी अञ्चलमा ०.५७ प्रतिशत रहेको देखिएको छ । अस्पतालले अन्धोपन निवारण गर्नका लागि क्षेत्र सेवा बिस्तार गरी संख्यात्मक तथा गुणात्मक ओपिडी र शल्यक्रिया सेवालाई निरन्तर बृद्धि गर्दै जाने तथा फेको प्रविधिको अप्रेशनलाई अझ प्रवर्धन गर्ने र अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउन सामुदायिक कार्यत्रक्रमलाई बिस्तार गर्ने, परिवर्तित प्रविधि र बिरामीको माग अनुसार सेवा सुबिधामा सुधार र विविकिकरण गरिने, बिभिन्न बिभागहरुलाई आवश्यकता अनुसार आधुनिकीकरण गर्ने अस्पतालले आगामी योजनाहरु बनाएको छ । अस्पतालले शनिबार २३ औं जिल्ला सभा पनि गरेको थियो गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्