केन्याविरुद्ध खेल्न १४ सदस्यीय टोली घोषणा



काठमाडौं, (नेस)। केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ। नेपालमा हुने उक्त खेलका लागि कप्तानीको जिम्मा पारस खड्कालाई दिईएको छ ।

टोलीमा मेहबुब आलमले पुनरागमन गरेका छन् भने यु–१९ का सुनिल धमला र दिपेन्द्र सिंह ऐरीलाई पनि टोलीमा समावेश गरिएको छ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आउँदो शनिबार र सोमबार हुने खेलका लागि उपकप्तानमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख टोलीमा छन्।

अभिनाश कर्ण, भुवन कार्की, राजेश पुलामी र दिलप नाथलाई वैकल्पिकमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्