रेविजविरुद्धको सुई अभाव



हेटौंडा,(नेस)÷कुकुरले टोक्दा लाग्ने डरलाग्दो रोग हो रेविज । रेविज लागेको कुकुर, बिरालोले टोकेर उपचार नपाएमा मानिसको मृत्यु पनि हुनसक्छ ।

तर, कुकुर, बिरालोले टोकेमा लाग्ने रेविजविरुद्ध सुईको अभाव भएको छ । मध्यमाञ्चल क्षेत्रीय मेडिकल स्टोर प्रमुख रमन झाका अनुसार केन्द्रीय मेडिकल स्टोरमा समेत सुई अभाव छ । १० दिनपछि रेविजविरुद्ध सुई आउने केन्द्रीय स्टोरले जानकारी दिएको झाले बताउनुभएको हो ।

कुकुर, बिरालोले टोक्ने बित्तिकै रेविज नभए पनि टोक्ने कुकुर, बिरालो बौलायो वा त्यसको मृत्यु भयो भने खतरा हुनसक्छ । त्यसकारण यदि टोकिहाले टोक्ने प्राणीको निरन्तर ख्याल राख्नुपर्ने हुन्छ । रेविजविरुद्ध सुई अभाव भएको अवस्थामा विशेष सतर्कता अपनाउनुपर्ने झाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्