संकटाले जित्यो तिलोत्तमा गोल्डकप



यमलाल भुसाल, बुटवल

१९औं तिलोत्तमा गोल्ड कप फुटबलको उपाधि सीएमजी क्लब संकटाले चुमेको छ।
शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा आर्मीलाई २–१ ले हराउँदै उपाधि हात पारेको हो। उपाधिसँगै संकटाले नगद ५ लाख ५५ हजार ५ सय ५५ रूपियाँ नगद पुरस्कार हात पा¥यो भने उपविजेता आर्मीले ३ लाख ५५ हजार ५ सय ५५ रूपियाँ नगद पुरस्कार प्राप्त गरेको छ। विजेता तथा उपविजेतालाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले सो पुरस्कारसहित गोल्ड कप र मेडल प्रदान गर्नुभयो।

प्रतियद्वोगिताको शुरूदेखि नै अत्यन्तै प्रतिस्पर्धामा भएको खेलको २९औं मिनेटमा आर्मीका राजिव गुरुङ्ले पहिलो गरेर टिमलाई अग्रता दिलाएका थिए। एक गोलको दबाबमा परेको संकटाका निराजन खड्काले ४३औं मिनेटमा गोल गरी पहिलो हाफ बराबरी भएको थियो।

समान एक गोलको बराबरीमा अगाडि बढेको खेलको अन्तिम पाँच मिनेटमा संकटाका पुन निराजन खड्काले गरेको लामो प्रहारले जाली चुमेपछि संकटा उपाधिनजिक पुगेको थियो। बाँकी समयमा आर्मीले थप गोल गर्न नसकेपछि निराजनको उक्त गोल नै संकटालाई उपाधिका लागि निर्णायक भएको हो।

प्रतियोगितामा आयोजक अग्नी रूपन्देही ११ दीलिप क्षेत्री उत्कृष्ट खेलाडी घोषित हुँदै उनले १५ हजार नगदसहित स्कुटी पुरस्कार प्राप्त गरे। त्यस्तै प्रतियोगितामा वेष्ट कोच संकटाका सल्गन कोजु, वेष्ट किपर संकटाकै दिनेश श्रेष्ठ, वेष्ट मिड फिल्डर संकटाकै निराजन खड्का तथा टप स्कोरर आर्मीका दीप लामा र वेष्ट डिफेन्डर आर्मीकै हिरण्य मगर घोषित भए। उनीहरूलाई जनही १५ हजार रूपियाँ नगद पुरस्कार
प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्