लायनको घातक बलिङमा भारत कमजोर



 

नयाँ दिल्ली, (एजेन्सी)
पहिलो टेस्ट तीन दिनमै ३ सय ३३ रनले जितेको अस्ट्रेलियाले बैंगलोरमा शनिबारदेखि शुरु भएको दोस्रो टेस्टमा भारतमाथि वर्चस्व बनाएको छ। जसमा स्पिनर नाथान लायनको घातक बलिङको सहयोगमा अस्टे«लियाले भारतलाई पहिलो दिनमै अलआउट ग¥यो। लायनले ५० रन दिएर ८ विकेट लिँदा भारत १ सय ८९ रनमै समेटिएको थियो।

घरेलु टोलीले टस जितेर ब्याटिङ थालनी गरे पनि शीर्ष तीन ब्याटसम्यान चेतेश्वर पुजारा, विराट कोहली र आजिन्क्य रहाणेलाई लायनले आउट गरेका थिए। तर ओपनर केएल राहुलले ६१ रनमा जीवन दान पाएको सदुपयोग गर्न सकेनन्। उनी ९० रनमा आउट भएका थिए।

अस्ट्रेलियाले पहिलो इनिङ हिजै शुरु गरेको छ। अस्टे«लियाले बिनाविकेट क्षति ४० रन जोडिसकेको थियो। डेविड वार्नर २३ रनमा नटआउट रहे भने म्याथ्यु रेनसा ९ रनमा रहाणेले क्याच ड्रप गरेका थिए। १० विकेट सुरक्षित राखेको भ्रमण टोली भारतको पहिलो इनिङसँग केवल १ सय ४९ रनले पछि छ।

 

प्रतिक्रिया दिनुहोस्