ठेकेदारको दादागिरी, कहिल्यै सकिँदैनन् समयमा काम



प्रशान्त वली, काठमाडौं

पुलको नाम ः कटुवा खोला
स्थान ः घोराही नगरपालिका दाङ
बजेट ः ४ करोड १० लाख ७५ हजार
प्रथम चरणमा सम्झौताबमोजिम काम सक्नुपर्ने तिथि ः २०७१÷०५÷११
काम सक्नलाई तोकिएको अर्को म्याद ः २०७२÷०३÷२५
काम सक्नलाई फेरि थपिएको म्याद ः २०७४÷०५÷०९

यो त एउटा उदाहरण मात्रै हो। दाङसहित अधिकांश जिल्लाहरूमा निर्माणाधीन अवस्थामा रहेका पुलहरू ठेकेदारको चरम लापरबाही र ढिलासुस्तीका कारण अलपत्र अवस्थामा रहेका छन्। जसले गर्दा न पुल निर्माण कार्यले सहजता पाउन सकेको छ न त यात्रुसँगै सवारीसाधनहरू सहज तरिकाले गन्तव्यसम्म पुग्न सकेका छन्। विभिन्न जिल्लाहरूमा रहेका सडक डिभिजन कार्यालयहरूले ठेकेदार र सम्बन्धित निर्माण कम्पनीलाई निर्माण कार्य समयमै सम्पन्न गर्न लिखित तथा मौखिकरूपमै पटक–पटक ताकेता गरे पनि निर्माणको जिम्मा पाएकाहरू कानमा तेल हालेर बस्ने गरेका छन्। जसको प्रत्यक्ष मार आम सर्वसाधारणलाई पर्न गएको छ।

घोराहीस्थित कटुवा खोलाको पुल २०७१ भदौ ११ गते को  सम्झौ ताअनुसार  २०७३ साल असो ज ११ गते सम्म निर्माण गरि सक्ने  गरी तत्कालीन भौ तिक निर्माण तथा यातायात मन्त्री विमले न्द्र निधिले  शिलान्यास गर े पनि पुल निर्माण कार्य कछुवाको गतिमा छ। पुल निर्माणको अधिकांश काम लामो समयसम्म बाँकी रहेपछि स्थानीयले अख्तियारमा समेत उजुरी गरे। तर, सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा छन्। उता सडक डिभिजन कार्यालय दाङले तोकिएको समयमा काम सम्पन्न नगरे निर्माण कम्पनीको सम्झौता खारेज गर्नेसम्मको चेतावनी दिएको छ।

किन समयमै सम्पन्न नगरेको भनी जिज्ञाशा राख्दा पुल निर्माण कम्पनीका प्रतिनिधिको जबाफ हुन्छ– ‘निर्माण सामग्रीहरू पाइएन। काम तीव्ररूपमा अघि बढेको छ।’ किन पुल निर्माणको जिम्मा लिएर समयमै काम सम्पन्न नगरी म्याद थप गराएको भनी नेपाल समाचारपत्रले जिज्ञाशा राख्दा दाङमा रहेको कटुवा खोला र पत्रे खोलामा पुल निर्माणको जिम्मा लिएको शंकरमाली निर्माण सेवा काठमाडौं कोटेश्वरका प्रतिनिधि पदमराज शर्मालाई सोध्दा शर्मा भन्नुहुन्छ– ‘अहिलेसम्म पिलर उठाइसकेका छौं। अब बेरिङको आवश्यकता पर्छ। त्यसका लागि सडक विभागलाई अनुरोध गरेका छौं। बेरिङ आयो भने काम अघि बढ्छ। अर्डर गरेको दिनदेखि बेरिङ आउन दुई महिना लाग्छ। अब वर्षा पनि शुरू हुने बेला भयो। बेरिङलगायतका सामग्री समयमै आएको भए हुन्थ्यो।’
पछिल्लो तथ्याङ्कअनुसार ३२ वटा साना, मझौला र ठूला पुलहरू निर्माण भइसकेको पुल महाशाखाले बताएको छ। अहिले देशभर ५ सयवटा पुलहरू निर्माणाधीन अवस्थामा छन्। यसैबीच समयमै पुल निर्माण कार्य सम्पन्न नगरेको भन्दै पछिल्लो अवधिमा १५ वटा पुल निर्माण कम्पनीहरूको ठेक्का तोडिएको सडक विभागले बताएको छ। ढिलासुस्ती गरेको भन्दै कुमाले खोला पुल सुर्खेत, सनकोसी नदी पुल दोलखा, मनोहरा पुल भक्तपुर, बोटेखोला पुल सुर्खेतलगायतको ठेक्का तोडिएको पुल महाशाखाका इन्जिनियर विमल श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।
कतिपय स्थानहरूमा पुल निर्माण कार्य जारी रहे पनि ठेकेदारलाई भुक्तानी दिने रकम पर्याप्त नहुँदा अप्ठ्यारो परेको विभागका सहायक प्रवक्ता रमेशकुमार सिंहले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। सहायक प्रवक्ता सिंह भन्नुहुन्छ– ‘पटकपटक ताकेता गर्दा पनि पुल सम्पन्न नगर्नेहरूलाई हर्जाना लगाएर ठेक्का सम्झौता तोडेका छौं। बजेट नहुँदा पनि अप्ठ्यारो परेको छ। पुल निर्माण कार्य सम्पन्न गर्न थप ३ अर्ब माग गरेका छौं।’ २० लाखभन्दा माथिका निर्माण कार्यहरू सम्पन्न गर्न ठेक्का प्रक्रियामा जानुपर्ने ऐनमा व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्