एमाले अभियान बिथोल्न मोर्चाको बैठक



बीपी साह, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले थालेको मेची–महाकाली अभियान बिथोल्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसको प्रत्येक जिल्लामा तयारी गरेको छ। केन्द्रमा मधेसी मोर्चाले बिथोल्न निर्णय नगरे पनि प्रत्येक जिल्लामा कार्यक्रम बिथोल्ने तयारी भएको हो। मधेसी मोर्चाका एक केन्द्रीय नेताका अनुसार मधेसी मोर्चाले आधिकारिकरूपमा एमालेको कार्यक्रम बिथोल्न निर्णय नभए पनि जिल्ला जिल्लामा कार्यकर्ताहरूले तयारी गरिरहेको नेपाल समाचारपत्रलाई बताउनुभयो।

मधेसको मुख्य मुख्य शहरमा मधेसी मोर्चाको बैठक बसी एमालेको अभियान बिथोल्न निर्णय गरेको छ। सप्तरीको राजविराज, धनुषाको जनकपुर, पर्साको वीरगन्जसहितका शहरहरूमा मधेसी मोर्चाका कार्यकर्ताहरूले एमालेको कार्यक्रम बिथोल्न तयारी गरिरहेका छन्। एमालेको कार्यक्रम राजमार्ग केन्द्रित भए पनि मुख्यमुख्य शहरमा कार्यक्रम बिथोल्नका लागि मोर्चाका कार्यकर्ताहरूले तयारी गरिरहेका छन्।

शुक्रबार जनकपुरमा बसेको मोर्चाको बैठकले एमालेको अभियान बिथोल्ने निर्णय गरेको छ भने यसअघि वीरगन्जमा मोर्चाका नेताहरूले कार्यक्रम बिथोल्ने जनाइसकेका छन्। शुक्रबारै सप्तरीको राजविराजमा एमाले नेताहरूको विरोध भएको छ भने कार्यक्रम बिथोल्ने तयारी गरेको छ। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आधिकारिकरूपमा एमालेको कार्यक्रम बिथोल्ने निर्णय नभएको बताउनुभयो। तर उहा“ले एमालेले मधेसमा मुठभेड गर्न खोजेको र त्यो सफल हुन नदिने नेपाल समाचारपत्रलाई बताउनुभयो।

जनकपुरमा आयोजित कार्यक्रममा सहभागीहरूले नेकपा एमालेका नेताहरूको मधेस विरोध भएको भन्दै मेची–महाकाली अभियानको प्रतिकार गर्ने चेतावनी दिएका हुन्। कार्यक्रममा धनुषा मोर्चाका संयोजक सतीशलाल दासले मधेस र मधेसीविरुद्ध अपमानजनक अभिव्यक्ति दि“दै आएको एमालेको अभियानलाई प्रतिकार गर्ने चेतावनी दिनुभएको हो। संयोजक दासले मधेस आन्दोलन मोर्चाले मात्र होइन आम मधेसी जनताले पनि एमालेलाई देखाउन चाहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा जनकपुरमा व्यापार संघका अध्यक्ष शिवशंकर साह हीराले एमालेले फागुन २५ गते जनकपुरमा गर्ने भनेको मेची–महाकाली अभियान कुनै पनि हालतमा बिथोल्ने चेतावनी दिनुभयो। उहा“ले मधेसमा चुनाव हुन नदिने पनि दाबी गर्नुभयो। मोर्चा धनुषाको फागुन १८ गते बसेको बैठकले एमालेको अभियानको कडा प्रतिकार गर्ने र बिथोल्ने निर्णय गरिसकेको छ। यता, नेकपा एमालेले आजबाट झापामा मेची–महाकाली अभियानको शुरुआत गर्दै छ।

प्रतिक्रिया दिनुहोस्