सक्षम मिस पिस



ललितपुर नर्सिङ कलेजकी १९ वर्षीया छात्रा सक्षम थापा मगरले मिस नेपाल पिस २०७३ को उपाधि चुमेकी छन्। २७ प्रतियोगीलाई पछाडि छोड्दै उपाधि चुमेकी थापाले ५० हजार रुपियाँका साथमा नेपाल वस्ट क्यान्सर फाउन्डेसन सेवाको गुडबिल एम्बसेडर बन्ने अवसर पाएको आयोजकले दाबी गरेका छन्।

नेक्स्ट मोडल्स् नेपालले बिहीबार राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना गरेको प्रतियोगितामा सपना छन्त्याल फस्ट र एरी श्रेष्ठ सेकेन्ड रनर्सअप चुनिएका छन्। उनीहरुले पुरस्कास्वरूप क्रमशः ३० र २० हजार रुपियाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा सनम थापा मगर ब्युटि विथ ब्रेन, सपना छन्त्याल मस्ट ट्यालेन्ट, एनी श्रेष्ठ बेस्ट पर्सनालिटी, स्वतलाल गुप्ता मस्ट चार्मिङ, निशा राई बेस्ट स्कीन, सबिना लामा बेस्ट ड्रेस, निरुसा खड्का पब्लिक च्वाइस अवार्ड, निसा पाण्डे मिस फोटोजेनिक, सोनम डोल्मा शेर्पा बेस्ट वाक, एलिसा डंगोल मस्ट पपुलर र रोजी श्रेष्ठ सोसियल रेस्पन्सिबल उपाधिका बिजेता चयन भएका छन्।

नेपाल प्रसूतिगृहकी पूर्वनिर्देशक डा. शिला बर्माको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा नेपाल चिकित्सक महासंघका महासचिव लोचन कार्की प्रमुख निर्णायक रहेकी थिइन् भने डा .सुजिता हीराचन्द, डा. सन्ध्या चापागार्इं, पूर्वमिस नेपाल उषा खड्गी, फोटोग्राफर राजभाइ सुवाल, निर्देशक दीपक श्रेष्ठ निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्