सतुङगलको यातायात व्यवस्था कार्यालयमा गोल्वबल आइएमई बैंक



काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंकले यातायात व्यवस्था कार्यालय सतुङगलमा राजस्व संकलन सेवा शुरू गरेको छ। बैंकले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउन्टर स्थापना गरी उक्त कार्यालयको राजस्व संकलन शुरूआत गरेको हो।

यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगन्जमो पनि राजस्व संकलन गरिरहेको छ। त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसरलगायतका सरकारी कार्यालयमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले ९४ शाखा, १०६ एटीएम, ६ वटा एक्सटेन्सन काउन्टर, ११ वटा राजस्व संकलन काउन्टर र ४४ वटा शाखारहित बैंकिङ सेवामार्फत् ६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्