भियतनामी पर्यटकको गन्तव्य नेपाल बन्न सक्ने



नेपाल समाचारपत्र
काठमाडौं
बाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको सहयोग एवम् सहभागितामाट कञ्चनपुर उद्योग बाणिज्य संघले ‘नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव’ आयोजना गर्न लागेको छ।
अधिकांश नेपालीमुलका मानिसको बसोबास क्षेत्र भारतको उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनमा महोत्सव गर्न लागेको हो।

नेपालमा उत्पादित वस्तु÷सेवाको बजार प्रवद्र्धन गर्न सहयोग पुर्याउने, निकासीयोग्य वस्तुको पहिचान एवम् बजार प्रवद्र्धन गर्न सहयोग गर्ने, घरेलु, साना तथा मझौला उद्योगबाट उत्पादित वस्तुको बजार प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यले महोत्सव गर्न लागिएको हो। नेपालका साँस्कृतिक पर्यटकीय सम्पदाहरुको प्रचार–प्रसार, पर्यटकीय होटल, कला संस्कृति र सहित्य, रिर्सोट, टुर एन्ड ट्राभल्सलाई सहभागी गराई प्याकेज प्रवद्र्धन, नेपाली उद्यमीलाई प्रतिस्पर्धी बनाउन सीप र ज्ञानको अनुभव आदान–प्रदान गर्ने उद्देश्यले पनि मेला आयोजना गरिन लागेको हो।

मेला फागुन २२ देखि २८ गतेसम्म चल्नेछ। मेलामा नेपाल भारतका दुई सय ५० स्टलभन्दा बढी सहभागिता हुने जनाइएको छ। मेलाको माध्यबाट उत्तराखण्डमा रहेका लाखौं प्रवासी नेपालीको समेत सहभागिता रहने जनाइएको छ। मेलाका माध्यमबाट भारतीय बजारमा यहांँको उत्पादनले सहज प्रवेश पाउने विश्वास गरिएको छ।

महोत्वसमा नेपालमा उत्पादित इको प्यानलको पनि सहभागिता रहने जनाइएको छ। प्रदर्शनको विशेष आकर्षण प्रिफ्यावको सामानको रूपमा कहलिएको गोर्खा इको प्यानल हुने जनाइएको छ। दक्षिण एसियामै इको प्यानलको प्रवद्र्धन भारतमा पनि गर्न इको प्यानलले सहभागिता जनाएको जनाइएको छ। विश्वव्यापी रूपमा वढ्दै गइरहेको वातावरण प्रदूषण न्यूनीकरणमा सहयोग गर्न निर्माण सामग्रीमा हरित क्रान्ति भन्ने नारा लिई अगाडि बढ्दै गरेको इको प्यानलले प्रदूषणरहित तथा ऊर्जा किफायती प्रविधिको प्रवद्र्धन गर्न पनि महोत्सवमा भाग लिएको जनाइएको छ।

भारत, बंगलादेश, पाकिस्तान, नेपाललगायत देशमा प्राकृतिक स्रोत साधन अत्याधिक प्रयोग गरी निर्माण सामग्री बन्दै आएको छ। यही चिन्तालाई मध्यनजर गरी न्यून प्राकृतिक स्रोत साधनबाट बनेको इको प्यानलको प्रवद्र्धन विश्वव्यापी रूपमा गर्न गोर्खा इको प्यानलले सहभागिता जनाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्