मकवानपुर क्याम्पसमा अनेरास्ववियु विजयी



हेटौंडा,(नेस) । मकवानपुर बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले विजयी हासिल गरेको छ ।

स्ववियु निर्वाचनमा अनेरास्ववियुका अध्यक्ष उमेदवार कुमार केसी ९ सय २ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी नयाँ शक्तिका श्रवणकुमार बर्तौलाले ३ सय १७ मत प्राप्त गरे भने नेवि संघ, राप्रविस, क्रान्तिकारी र विप्लव नेतृत्व विद्यार्थी संगठनको संयुक्त प्यानलका उमेदवार लक्ष्मीकान्त पौडेलले १ सय ९५ मत प्राप्त गरे ।

सचिवमा अनेरास्ववियुकै आकाश अधिकारी ७ सय ९९ मतसहित विजयी बने । पराजित नयाँ शक्तिका अमृत बर्तौलाले ४ सय १४ मत प्राप्त गरे भने संयुक्त प्यानलका उमेदवार उज्जवल पोख्रेलले २ सय ८४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा अनेरास्ववियुकी बिना देवकोटा ८ सय ५३ मतसहित विजयी बन्दा नयाँ शक्तिका झलक छतकुली १ सय ८१ मत प्राप्त गरे । सदस्यमा अनेरास्ववियुकी रुपा बिडारी, आशीष अस्लामीमगर, सुशान्त गजमेर, सुदन बिक, देवराज गौतम, आशीष रौनियार, बालकृष्ण दाहाल, श्रृजना नेपाल र सुजन ढकाल विजयी भए ।

प्रतिक्रिया दिनुहोस्