राप्रपाले गाईलाई नै चुनाव चिन्ह बनाउने



काठमाडौं, (नेस)।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो चुनाब चिन्ह गाईलाई नै निरन्तरता दिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको शुक्रबार सम्पन्न बैठकले सो निर्णय गरेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले न्युजअफनेपाललाई जानकारी दिनुभयो ।

उहाँले दिनुभएको जानकारी अनुसार राप्राले चैत ८ देखि १२ सम्म मेची–महाकाली राष्ट्रिय एकता यात्रा गर्ने भएको छ।

चैत ८ गते एकै दिन झापा, महेन्द्रनगर, काठमाडौं र गोरखा गरी चार टाउँबाट एकता यात्रा सुरु हुने र उक्त यात्रा चैत १२ गते चितवनमा आइपुगेर भव्य सभाका साथ टुंगिने केन्द्रीय समितिको निर्णय छ।

राप्रपा र राप्रपा नेपालका बीचमा एकता भएपछि चुनाब चिन्ह हलो हुने कि गाई हुने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो। यसअघि गाई चिन्ह राप्रपा नेपालले प्रयोग गर्दै आएको थियो।

पार्टी अध्यक्ष कमल थापाले यसबारे आजै साँढे तीन बजे पत्रकार सम्मेलन गरि जानकारी दिँदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्