क्रिमसन अस्पतालमा उत्पन्न तनाव साम्य



यमलाल भुसाल, बुटवल ।
उपचाररत बिरामीको निधन भएपछि रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा सिर्जना भएको तनाव साम्य भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २२ मुडियारीका ४५ वर्षीय बुद्धिराम थारुको उपचारका क्रममा बिहिबार बिहान तीन बजे निधन भएपछि मृतकका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै औषधी उपचारमा लागेको खर्च मिनाहाको माग गरि तनाव सिर्जना गरेका थिए ।

अस्पताल प्रशासनले मृतकको काजक्रिया बापतको ८० हजार रुपैया परिवारलाई राहत दिएपछि अवस्था सामान्य भएको हो ।
अस्पतालमा तनाव सिर्जना भएपछि असहज परिस्थितीलाई मध्येनजर गर्दै अस्पताल परिसरमा प्रहरी तैनाथ गरिएको थियो । बिरामीको मृत्यु भएपछि मृतकका आफन्त पनि अस्पतालमा जम्मा भएका थिए ।

गत माघ २६ गते एक्कासी बिरामी भएका थारुलाई तत्कालै क्रिमसन अस्पताल पु¥याईएको थियो । करिव एक हप्ताको उपचार पछि अस्पताले शल्यक्रिया गर्नु पर्ने बताएपछि आफन्तले काठमाण्डौ लैजान खोजेका थिए । तर अस्पतालले बिरामीलाई बाहिर लैजान नदिएर बाध्यात्मक अवस्था सिर्जना गरि जवरजस्ती शल्यक्रिया गरेको मृतक थारुका साला ज्ञानबहादुर थारुले बताउनु भयो ।

तर अस्पताल प्रशासनले भने जवरजस्ती नभई बिरामीको अवस्थालाई हरेर आफन्तको सल्लाहमा नै शल्यक्रिया गरिएको बताएको छ । बरामीलाई पहिले औषधीकै माध्यमबाट सुधार गर्न खोजीएपनि अवस्था क्रिटिकल बन्दै गएपछि अस्पताले यहि फागुनको ९ गने शल्यक्रिया गरेको अस्पतालका निर्देशक डा. शेखरप्रसाद पोखरेलले बताउनु भयो । ‘हामीले पहिले नै भनेका थियौं, ब्रेन हेमरेज भएको बिरामीलाई जतिसुकै बेला क्रिटिकल अवस्था आउन सक्छ ।’ उहाँले भन्नुभयो–‘बिरामीलाई भएको त्यहिनै हो ।’

यता बिरामीका आफन्तले बिरामी बेहोस हुँदा हुँदै अस्पताले अब बचाउन सकिँदैन भन्दै डिस्चार्ज गरेको आफन्तहरुले बताएका छन् । अप्रेसन गरेको बिरामी अचेत हुँदा हुँदै अस्पताले डिस्चार्ज गरेर अमानविय रुपमा अस्पतालले उपचारमा हेलचेक्रयाँई गरेको आफन्तको दावी छ । तर अस्पतालले भने आफन्तले बाहिर लैजान्छौं भनेपछि रिफर गरिएको निर्देशक डा. पोखरलले बताउनु भयो ।

त्यसपछि आफन्तले बिरामीलाई काठमाण्डौ न्यूरोमा पु¥याएका थिए । न्यूरोले बिरामीको अवस्था नाजुक रहेको र जहाँ अप्रेसन गरेको उही थप उपचार गर्न पठाएपछि बिरामीलाई आफन्तले पुन क्रिमसन ल्याएर उपचार सुरु गरेका थिए । यद्यपी बिरामीको बिहिबार बिहान निधन भयो ।

उपचार गरेर बिरामीलाई बचाउन पनि नसकिएको र सम्पत्ति पनि सकिएको बताउँदै डाक्टरको लापरवाहीले मृत्यू भएकाले अस्पतालले उपचारमा लागेको सबै खर्च मिनाहा गर्नुपर्ने आफन्तको माग गरेका थिए । बिरामीको उपचारमा करिव साढे तीन लाख लागेको उहाँले बताउनु भयो । अस्पताले भने दोस्रो पटक ल्याएर उपचार गरेपछि लागेको खर्च मिनाहा गरेको थियो । बिरामीका आफन्तले त्यसमा मात्रै चित्त नबुझाएपछि अस्पताल थप ८० हजार रुपैंया दिन बाध्य भएको हो ।

प्रतिक्रिया दिनुहोस्