रुद्रावती क्याम्पस वामीमा १० दिनदेखी लागेको ताला खुल्यो



अनिल खत्री, गुल्मी । रुद्रावती बहुमुखी क्यामपस वामीमा बिगत १० दिन देखी लागेको ताला खुलेको छ । क्याम्पसमा फर्जी भर्ना गराएको भन्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले गत फाल्गुण १० गते क्याम्पस प्रशासनमा ताला लगाएको थियो ।

स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको प्रयोजन सँग सम्बन्धित गरी क्याम्पस प्रशासनले फर्जी बिद्यार्थी भर्ना गरेको भन्दै अनेरास्वबियुले ताला बन्दी गरेको थियो । नेपाली काँग्रेस र नेकपा एमाले सम्बद्धदलहरु मिली बनाइएको क्याम्पस सञ्चालक समितिमा रहेका पदाधिकारीहरु बिच बिगत केही दिन देखी भएको बार्ता चर्काचर्कीमै सिमित रहने गरेको कारण निष्कर्ष निस्कन सकेको थिएन ।

शुक्रवार बिहान सञ्चालक समिति, क्याम्पस प्रशासन, बिद्यार्थी संगठनका प्रतिनिधिहरु सहितको बैठकले छानबिन समिति गठन गरी सोही अनुसारको प्रतिबेदन सर्बसम्मत गर्ने बताएपछि ताला खुलेको हो । सबै मिली चार जनाको समुहमा एक छानविन समिति गठन गरिएको छ ।

जसमा नेपाली काँग्रेसका वामी पार्टी सभापति सुदर्शन शाक्य, नेकपा एमालेका हरिहर सापकोटा, नेकपा माओबादी केन्द्रका राजन सापकोटा र जनमोर्चाका सुन्दर प्रधान सहितको समितिले छान बिन सहितको प्रतिबेदन तयार पार्ने भनिएको छ । समिति गठन भएलगत्तै अनेरास्वबियुका केशब रानाले सबै उपस्थितको रोहबरमा ताला खोली समितिलाइ बुझाएका छन् । बिद्यार्थीको अबरोधका कारण उक्त क्याम्पसमा स्ववियू चुनाव भएको छैन ।

प्रतिक्रिया दिनुहोस्