स्थानीय चुनाबका कारण कक्षा ११ को बोर्ड परिक्षा सर्यो, असार १ देखि हुने



स्थानीय चुनाबका कारण कक्षा ११ को बोर्ड परिक्षा सर्यो, असार १ देखि हुने
काठमाडौं, (नेस)।
स्थानीय निकायको चुनावका कारण कक्षा ११ को बोर्ड परिक्षा सरेको छ । बोर्ड परिक्षा असार १ गतेदेखि हुने भएको छ । बोर्ड परीक्षा असार ११ गते सम्म सञ्चालन हुने गरी नयाँ तालिका सार्वजनिक भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।

बोर्डले यस अघि नै कक्षा ११ को बोर्ड परिक्षा बैशाख २४ गतदेखि गर्ने गरि तालिका सार्वजनिक गरेको थियो । बैशाख ३१ मै स्थानीय निकायको चुनाब हुने तालिका सार्वजनिक भएपछि कक्षा ११ को बोर्ड परिक्षा सरेको हो । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार कक्षा ११ को बोर्ड परिक्षा जेठ ३ गते सम्म चल्ने थियो ।

कक्षा १२ को परीक्षा भने पहिले तोकिएको मितिमै सम्पन्न गर्ने निर्णय भएको छ । कक्षा १२ को परीक्षा निर्वाचन अघि अर्थात् बैशाख २२ गते नै सकिने गरी बोर्डले यस अघिनै तालिका सार्वजनिक गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्