बालनाटक महोत्सव शुरु



शैली थिएटर र रुसी सांस्कृतिक केन्द्रको आयोजनामा आठौं राष्ट्रिय बाल नाटक महोत्सव शुरु भएको छ। बाल साहित्यकार शान्तदास मानन्धरको प्रमुख अतिथ्यतामा शुरु महोत्सवको पहिलो दिन दुई प्रतियोगि नाटकका साथमा शैली थिएटरको आफ्नै नाटक चिसो यात्रा मञ्चन गरिएको छ।

महोत्सअन्र्तगको पहिलो सोमा प्रभाकर न्यौपानेको निर्देशनमा फुलब्राइट स्कुलको नाटक कुमारीको घर मञ्चन गरिएको थियो। कुमारी बस्ने प्रथाले बालिकामा पारेको प्रभाब र बाटो चौडा गर्ने कार्यले बालबालिकामा पर्ने प्रभावका विषयमा नाटक केन्द्रित थियो। त्यसै गरी दोस्रो सोमा मल्पी सिटि स्कुलको नाटक पर्खाल भित्र मञ्चन गरिएको थियो। यो नाटक पैसाको निम्ती सांस्कृतिक धरोहर र बालबालिका बेच्ने प्रवृत्तिले निम्ताएको समस्यामा केन्द्रित थियो। यो नाटकलाइ फिल्मकर्मी नुतन प्रधानले निर्देशन गरेकी हुन्।

महोत्सवअन्र्तगत पहिलो दिनको तेस्रो नाटकस्वरुप शैली थिएटरको चिसो यात्रा देखाइएको थियो। नाकटले एउटा यात्रामा हुने अबस्थाको चित्रण गरेको थियो। सो यात्रामा वयस्क र एक बालिकाका बीचमा आएको बिचार र भिन्नताबिचको द्वन्द्वात्मक अबस्था चित्रण गरिएको थियो। अतुल भट्टराईको लाइट डिजाइन र नबराज बुढाथोकीको निर्देशनमा तयार भएको नाटकमा सहिन प्रजापती, सुबास सुबेदी, उमा खड्का, जगत थक्कुल्ला, बिजय अधिकारी, समिर खनाल, अस्विन थपलिया, अभय देबकोटा, देबेन्द्र बब्लु, बिजय सापकोटा र सौरब ढकालको अभिनय गरेका थिए।

शैली थिएटरका संयोजक आर्यन न्यौपानेका अनुसार पाँच दिनसम्म चल्ने कार्यक्रममा हरेक दिन चार नाटक मन्चन हुनेछ। त्यसका साथमा विभिन्न बाल मैत्रीपुर्ण क्रियाकलाप हुने जनाइएको छ।

शैली थिएटरका अध्यक्ष नबराज बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न बक्ताले बाल नाटक महोत्सवको महत्व र भुमिकाबारे चर्चा गरेका थिए। कार्यक्रममा शैली थिएटरका सल्लाहकार महेश पौड्यालले बाल नाटक रुसी साहित्यमा शैलिको योगदान निकै महत्वप”र्ण रहेको चर्चा गरे। प्रमुख अतिथि मन्नधरले बालबालिकालाई महोत्सवमा प्रम”ख भुमिका दिनु पर्ने र उनीह्रूको बिषय समावेश हुनु पर्नेमा जोड दिए। कार्यक्रममा ख्यातिप्राप्त रंगकर्मी दम्पत्ती हरिहर शर्मा र शकुन्तला शर्मा तथा प्रा. डा. गोबिन्द भट्टराई, रमेश बुढाथोकी, महोत्सवका निर्णायक डा. अशोक थापा, अशोक शिवाकोटीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुसि केन्द्रका आन्तोन मास्लोभले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्