सिटिजन्स बैंकद्वाराम कम्प्युटर प्रदान



काठमाडौं(नेस)
सिटिजन्स बैंकले नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले बर्दिया जिल्ला गुलरिया सिरकोइयामा रहेको जानकी प्राथमिक विद्यालयलाई सामाजिक उत्तरदायित्व अन्र्तगत भौतिक सहयोग स्वरूप १ थान कप्युटर वितरण गरेको छ।
बुधबार दिन गुलरियामा आयोजित एक समारोहका बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १ थान कम्युटर उक्त विद्यालयका अध्यक्ष रामचन्द्र यादव र प्रधानध्यापक मुन्नालाल यादव लाई हस्तान्तरण गर्नुभयो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरूमा प्रत्येक वर्ष सहयोग पुर्याउदै आएको तथा भविष्यमा पनि बैंकले यस्तै सहयोग पुर्याउने जानकारी बैंकका पोखरेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्