एकीकृत नेपालको अटल अस्तित्व



दीर्घराज प्रसाईं

नेपालमा हामी नेपालीले राजा, धर्म, भाषा, जातीयताबारेमा नसोची बोल्नु उचित हुँदैन। नेपालको भूमि, राजा, धर्म, भाषा र जातिहरूबीचमा विवाद उठ्न गयो भने नेपालको राष्ट्रियता खस्किँदै जान्छ। यही बुझेर नेपालका पार्टीका नेताहरूलाई भारतीय गुप्तचर संस्था ुरअको सक्रियतामा युरोपका इसाई राष्ट्रहरू र अमेरिकी गुप्तचर सीआईएले प्रयोग गरेका छन्। उनीहरूले नेपालको राजा, धर्म, भाषा र जातीय एकताको तजोवध गर्दै नेपालको एकताका स्रोतहरूलाई भत्काएर नेपालको अधोगति गराउन सक्रिय भएका छन्।

नेपालको एकीकरण हुनुभन्दा पहिला काठमाडौं, ललितपुर, भक्तपुर राज्यमा ठकुरी मल्ल राजाको शासन थियो। गोरखा, बाइसी, चौबीसी राज्यहरू थिए। तराईमा मकवानपुरदेखि मिथिला, कोशी हुँदै टिष्टासम्म हिन्दुपति सेनवंशी राजाहरूको शासन थियो। राप्तरीदेखि पाल्पा हुँदै पश्चिम तराईमा पनि सेनवंशी राजाहरूको आधिपत्य थियो। सेनवंशी राज्यमा नेपाली भाषा र विक्रम संवत् चल्तीमा भएको कुरा अनेकौं अभिलेखहरूमा उल्लेख छ। नेपालको एकीकरणभन्दा अगाडि मधेसको नाम निशाना नै थिएन। हिमाल–पहाडको तुलनामा तराई क्षेत्र सुविधायुक्त, सुगम तथा उर्वरा भूमि हो। श्री ५ महेन्द्रबाट तराई क्षेत्रमा औलो उल्मूलन गराई आवश्यताअनुसार बाटोघाटो, शिक्षा, स्वास्थ्य, सिंचाइ, उद्योगहरूको व्यवस्था गरिएको हो। तराईका जनतालाई कहिल्यै पनि राज्यले पक्षपात गरेको छैन। तर केही विखण्डनकारीहरू तराईलाई विभेद गरिएको छ भनेर नेपालको एकतामा भाँजो हाल्न सक्रिय छन्।

पृथ्वीनारायण शाहजस्तो सपुत यस क्षेत्रमा नजन्मिएका भए यो क्षेत्रको अस्मिता उसै बेला गुमिसक्ने स्थिति थियो। नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौं जातीय भाषाहरूको बीचमा अन्तरभाषाको रुपमा व्यापक भइसकेकाले सबै नेपालीको साझा भाषाको रुपमा राज्यको सरकारी भाषाको रुपमा स्वतः रुपान्तरण हुँदा नेपालको राष्ट्र्यि एकतामा थप बल पुग्न गएको सबै जाति र समूहले आत्मसात् गरेका थिए। भारतवर्ष पचासौं राष्ट्रमा विभाजित भएको र समग्र एकीकृत भारतलाई हिन्दुस्थान भनिनुभन्दा अगाडि नै विक्रम संवत् १८०० तिर नै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले ुनेपाल यो असल हिन्दुस्थान हो भनेका थिए। साम्राज्यवादी शक्तिसँग भिडेर नेपालका राजाहरूले नेपालको सार्वभौमसत्ता बचाई अनेकौं जाति, भाषा, धर्म र क्षेत्रीयतालाई सन्तुलित राख्न र अनेकतामा एकताको नीति कायम गर्न सकेका थिए। नेपालको राजसंस्था नै नेपालको सार्वभौमसत्ता र हिन्दु तथा बौद्धहरूको संरक्षक भएकाले हामी कुनै नेपालीले देशको हितको लागि पनि हिन्दु अधिराज्य र राजसंस्था युग–युगान्तरसम्म बचाउन सक्नुपर्छ। राजसंस्थाविना नेपालको सार्वभौमसत्ता सुदृढ हुन सक्तैन।

हिमवतखण्ड नेपालको एकीकरण भएको अवस्थामा अहिलेको विश्वका धेरैजसो प्रभावशाली कहलिएका राष्ट्रहरू अमेरिका, जर्मन, इटाली टुक्रा–टुक्रामा विभाजित थिए। त्यो समयभन्दा १०० वर्षपहिले पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झन्डा फहराएर टुक्रा–टुक्रामा विभाजित हिमवत्खण्ड नेपालको एकीकरण गरेर यस क्षेत्रको मौलिकतालाई जोगाउन सकेका थिए। हामी नेपालीको लागि सबैभन्दा गौरवको कुरा हो– अंग्रेजी साम्राज्यले खान लागेको अवस्थामा पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्ड नेपालका स–साना ५४ भन्दा बढी स्वतन्त्र हिन्दुराज्यहरूलाई एकीकरण गरेको बेलादेखिको नेपाल विश्वको एकमात्र हिन्दुअधिराज्य हो।

हिमवतखण्डमा विभिन्न जाति, जनजातिहरूबीचमा ुअनेकतामा एकता कायम हुनु तराई, पहाड, हिमाली क्षेत्रका नेपाली जातिको स्थापित मान्यता हो। पश्चिमाहरूले इसाई साम्राज्य स्थापना गराएर हिन्दु तथा बौद्धको अस्तित्व समाप्त गर्न खोजेको देखिन्छ। हिन्दु धर्मभन्दा धेरै पछि जन्मिएका धर्महरू– मुस्लिम, क्रिश्चियन हुन्। मुसलमानहरू नेपालको एकीकरणमा पृथ्वीनारायण शाहलाई साथ दिएकाले हामी मुसलमानप्रति आक्रोशित छैनौं। तर क्रिश्चियनहरू नेपालको पहिचानलाई ध्वस्त बनाउन चाहन्छन्। क्रिश्चियनहरू हिन्दु र नेपालप्रति नकारात्मक छन्। अहिले नेपाल साहै्र खतरनाक अवस्था छ। अतः विश्वको एकमात्र हिन्दुअधिराज्य र नेपालको स्थायी खम्बाको रुपमा स्थापित राजसंस्थालाई ससम्मान गरेर नेपालको सार्वभौम अस्तित्व बचाउन हामी सबै एकत्रित बनौं। अहिलेको अवस्थामा हामी सबै नेपाली एकबद्ध हुन सकेनौं भने नेपालको भविष्य खतरामा पर्नेछ।

प्रतिक्रिया दिनुहोस्