खुकुरी प्रहार गरी पत्नीको हत्या



अनिल खत्री, गुल्मी ।
घरायसी कलहका कारण गुल्मीको इस्मारजस्थलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । इस्मारजस्थल गाविस वडा नं १ का ५९ बर्षिया यम बहादुर अर्यालले पत्नी ४५ बर्षिया कमला अर्यालकोे हत्या गरेका हुन ।

घरयासी कलहका कारण बिहान साढे सात बजे एक्कासी खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिएका छन् ।

कमलाको टाउको तथा घाँटीमा चोट लागेको छ । खुकुरी प्रहार गरेपछि ढुंगाले समेत टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । छुठ्ठाउन खोज्दा छिमेकी १४ बर्षिया मायाँ कुवंर पनि घाइते भएकी छन् ।

उनको वायाँ हातमा चोट लागेकाले स्थानीय स्वास्थ्य संस्थामा उपचार गरि घर फर्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको नायव उपरिक्षक नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्