दलित संघ कास्कीको अध्यक्षमा सुनार



पोखरा, (नेस) ।
नेपाल दलित संघ कास्कीको पाँचौ जिल्ला अधिवेशनबाट आगामी ३ वर्षका लागि अध्यक्षमा दुर्गा बहादुर सुनार निर्वाचित भएका छन् ।

गत ९ गते सोमबार भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि असफल भएपछि निर्वाचन गरिएको हो ।
१५ गते आईतबार भएको मतदानमा सुनारले आफना प्रतिस्पर्धी मनबहादुर बिकलाई ३७ मतले पछि पार्दै उनि निर्वाचित भएका हुन ।

कुल ४ सय २२ मतदाता मध्ये दुई सय ६३ मत खसेकोमा अध्यक्ष दुर्गा बहादुर सुनारले १३९ र वहाँका प्रतिद्धन्दी मन बहादुर बिकले १०२ मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का प्रत्यासी बिष्णु कुमार दर्जीले मतदान हुनुपुर्व उमेद्धवारी फिर्ता लिए पनि मतपत्रमा नाम रहेका कारण उनलाई समेत ६ मत परेको थियो भने १२ मत पुर्ण बदर भएको थियो ।

त्यस्तै सचिवमा गोबिन्द नेपाली ११५ मत ल्याई बिजय भएका थिए । उनका प्रतिश्पर्धीहरु मिनबहादुर नेपालीले ९६ र दीपक परियारले ३३ मत प्राप्त गरेका थिए ।

अध्यक्ष र सचिव बाहेक कार्यसमिति सदस्य र महाधिबेशन प्रतिनिधि भने र्निबिरोध निर्वाचित भएका थिए । सदस्यहरुमा टुकुरादेवी परियार, कुमार लामिछाने, बलराम परियार, जीवन सुनार, दुर्गैबहादुर सुनार, भक्तबहादुर कामी, धुर्वबहादुर बिक, देवीराम घिन्दाल, भक्तबहादुर सुनार, पुर्णबहादुर बिक, बाबुराम नेपाली, ऋषीराम सुनार,सन्तोष दियाली, बुद्धीबहादुर गहतराज, प्रमोद बिक र टेकबहादुर बिक रहेका छन् ।

निर्वाचित सदस्यहरु मध्ये १/१ जना उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष मनोनित हुने नवनिर्वाचित अध्यक्ष दुर्गाबहादुर सुनारले जानकारी दिए ।

महाधिबेशन प्रतिनिधिहरुमा खुल्लातर्फ जीवन परियार, मीन बहादुर नेपाली, रामबहादुर सुनार र महिलातर्फ प्रतिभा पि पोखरेल, मनसरा सुनार र बुद्धीसरा सुनार चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्