स्वतन्त्र प्रेसको पक्षमा बुस ‘रुससँगको सम्बन्धका विषयमा जनतालाई जवाफ चाहिन्छ



वासिङ्टन, (एजेन्सी)
अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसले लोकतन्त्रका लागि स्वतन्त्र पे्रस आवश्यक भएको बताएका छन्। एनबीसीको टुडे कार्यक्रमलाई दिएको अन्तर्वार्तामा बुसले सत्ताधारीहरूको जिम्मेवारी तय गर्नका लागि स्वतन्त्र प्रेसको आवश्यक भएको बताएका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्प पद सम्हालेपछि थुप्रै सञ्चार संस्थासँग विवादमा मुछिएका छन्। उनले कयौंपटक आफ्ना बारेमा आएका नकारात्मक समाचार फर्जी भएको बताएका थिए।

बुसले ट्रम्पका सहयोगी र रुसी सरकारबीचको सम्बन्धको विषयमा उठेका प्रश्नको जवाफ पनि अमेरिकी जनताले पाउनुपर्ने बताए।

बुसले भने– ‘सत्ताको लत लाग्न सक्छ र यो धेरै खतरनाक हुन सक्छ, यस्तोमा सञ्चार माध्यमले सत्ताको दुरुपयोग गर्नेहरूलाई जिम्मेवार ठहर्याउनु जरुरी हुन्छ।
राष्ट्रपति ट्रम्पले सञ्चार माध्यमको एउटा वर्गलाई ‘अमेरिकाको दुस्मन को उपाधि दिएका थिए। बुसले आफ्नो राष्ट्रपति कार्यकालमा आफले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ऊ आफैलाई स्वतन्त्र सञ्चार माध्यमको आवश्यक भएको सम्झाउने प्रयास गरेको बताए।
उनले भने– ‘यदि हामी स्वयम् नै तयार छैनौं भने अरुसँग स्वतन्त्र र निस्पक्ष प्रेसका लागि भन्न गाह्रो हुन्छ।

राष्ट्रपति ट्रम्पको प्रेससँगको सम्बन्ध धेरै राम्रो छैन। पद सम्हालेदेखि नै उनले सञ्चार माध्यमलाई निसाना बनाउँदै आएका छन्।

ट्रम्पले आफू अप्रिल २९ मा हुने ह्वाइट हाउस करेस्पोन्डेन्टस् एसोसिएसनको डिनरमा सहभागी नहुने बताइसकेको छ। शुक्रबार ट्रम्पका प्रवक्तासँगको पत्रकार भेटघाटमा बीबीसी, न्युयोर्क टाइम्स, सीएनएन र बजफिडजस्ता सञ्चार गृहका पत्रकारलाई सहभागी गर्न दिइएन।

पूर्वराष्ट्रपति बुसले राष्ट्रपति ट्रम्पका सहयोगी र रुसी सरकारबीचको सम्बन्धलाई लिएर सोधिएको प्रश्नको जवाफमा भने– ‘मलाई लाग्छ हामी सबै यसको जवाफ चाहन्छौं। मलाई थाहा छैन यसको सही तरिका के हो? तर म यो कुरालाई लिएर निश्चिन्त छु कि यो प्रश्नको जवाफ आउनुपर्छ।

राष्ट्रपति ट्रम्पको आप्रवासीमाथि रोक लगाउने कार्यकारी आदेशका बारेमा सोधिएको प्रश्नको जवाफमा बुसले आफू आप्रवासीलाई स्वागत गर्ने र कानुन व्यवस्था बनाइराख्ने आप्रवासी नीतिको समर्थक भएको बताए।

बुसले भने– ‘मान्छेले जसलाई चाह्यो उसलाई पूजा गर्छ र नचाहेनेले गर्दैन।
पूर्वराष्टपति बुस आफ्नो किताब ‘पोर्टेट्स अफ करेजः अ कमान्डर इन चिफ्स ट्रिब्युट टु अमेरिकाज वायरियर्स को प्रचार गरिरहेका थिए। उक्त किताबको विक्रीबाट हुने आम्दानी सेप्टेम्बर ११ आक्रमणका पीडित परवारलाई दिइनेछ।

प्रतिक्रिया दिनुहोस्